काठमाडौका प्रथम जननिर्वाचित सभापति जनकमान श्रेष्ठको आज (शुक्रबार) बिहान निधन भएको छ।
उनकी बुहारी रीना श्रेष्ठका अनुसार ९३–वर्षीय जनकमान श्रेष्ठ बिगत १ बर्षदेखि लिभर क्यान्सरबाट पीडित थिए।
२००७ सालमा प्रजातन्त्र स्थापना भएपछि २००८ सालमा काठमाडौं नगरपालिका ऐन जारी भएको थियो र सोही ऐनका आधारमा २०१० साल भाद्र १० गते बनेको संरचनामा नगरपालिकाको चुनावबाट उनी सभापति चुनिएका हुन्।
त्यतिबेला मेयर पद हुँदैनथ्यो भने अहिलेको मेयरको जस्तो भूमिका सभापतिकै हुन्थ्यो। निर्वाचनमा करीव २५०० मत प्राप्त गरि जनकमान श्रेष्ठ निर्वाचित भएका थिए।

प्रतिक्रिया