लोकतान्त्रिक समाजवादी पार्टी लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले कैलाली–कञ्चनपुरमा सत्ता गठबन्धनका उम्मेदवार जिताउन समस्या देखिएपछि टीकापुर घटनाका मुख्य दोषी रेशम चौधरीलाई रिहा गर्ने तयारी गरिएको आरोप लगाएका छन्।
प्रतिनिधि सभाको अन्तिम बैठक सम्बोधन गर्दै शनिबार उनले गठबन्धनमा रहेका दलका उम्मेदवारलाई कैलाली–कञ्चनपुरमा जिताउन समस्या देखिएपछि सरकारले चौधरीसँगै टीकापुर घटनाका दोषीलाई रिहाइ गर्ने तयारी गरेको आरोप लगाएका हुन्।
‘आज किन गर्यो? किनभने गठबन्धनलाई आफ्नो उम्मेदवार जिताउन अप्ठ्यारो पर्यो,’ विगत ५ वर्षदेखि चौधरीको रिहाइका लागि आफूले संसदमा गरेको पहल स्मरण गराउँदै महतोले भने, ‘तिम्रो गठबन्धनको उम्मेदवार त्यो टीकापुरमा, कञ्चनपुर, कैलाली, थरुहटमा जिताउन अप्ठ्यारो पर्यो अनि सौदाबाजी गर्यो। उनलाई केही न्याय दिइएको होइन, सौदाबाजी गरेको हो।’
उनले आफूहरुले चौधरी रिहाइका माग गर्दा राजनीतिक मुद्दा नहुने टीकापुर घटना अहिले कसरी राजनीतिक मुद्दा भनेर प्रश्न पनि गरे।
‘निर्वाचित सांसदलाई संसदमा ल्याउ भनेको भन्यै, ५ वर्षदेखि कराएको करायै। भएन त, ल्याइएन,’ महतोले भने, ‘हिजो सरकार निर्णय गर्छ त्यो टीकापुर घटनाका रेशम चौधरीलगायतकालाई रिहाई गर्ने रे। संसद चलेको बेला रिहाई नगर्ने? अनि अहिले चैँ त्यो राजनीतिक मुद्दा भयो? त्यतिबेला के मुद्दा थियो त?’
Shares

प्रतिक्रिया