ad ad

राजनीति


प्रदेश १ : आकांक्षी धेरै हुँदा समानुपातिकको बन्दसूची तयार पार्नै सकस

प्रदेश १ : आकांक्षी धेरै हुँदा समानुपातिकको बन्दसूची तयार पार्नै सकस

फाइल तस्बिर


सुमन पुरी
असोज २, २०७९ आइतबार १४:५५, विराटनगर

निर्वाचन आयोगमा सोमबार सम्ममा प्रदेश र प्रतिनिधिसभाका समानुपातिक उमेदवारको बन्द सूची बुझाउनु पर्ने भएपनि दलहरुले अझै अन्तिम नामावली तयार पार्न सकेका छैनन्।

आकांक्षीहरु धेरै हुँदा उनीहरुको बन्दसूची तयार पार्न सकस भएको हो। केन्द्रदेखि नै देखिएको सकस प्रदेश १ मा पनि उस्तै छ।

गठबन्धन दलहरुका बिचमा प्रत्यक्ष तर्फको सिट र क्षेत्र बाँडफाँड भइनसक्दा समानुपातिक उमेदवारको अन्तिम नावमावली तयार पार्न थप सकस परेको हो।

एमालले भने समानुपातिक उमेद्वारको अन्तिम नामावाली तयार गर्ने अधिकार सचिवालयलाई दिएको भएपनि अझै अन्तिम नामावाली तयार भइसकेको छैन्।

आज बस्ने सचिवालय वैठकले समानुपातिक उमेद्वारको अन्तिम नामावाली तयार पार्ने नेकपा एमाले प्रदेश १ का अध्यक्ष तुलसी न्यौपानेले बताए। 

उनले क्षेत्र र जिल्ला हुँदै सिफारीस भएर आएका नाम जस्ताको तस्तै राय सहित केन्द्रिय कमिटिलाई बुझाएको बताए।

केन्द्रीय कमिटिको सिफारीसका आधारमा सचिवालयले अन्तिम नामावाली तयार पार्ने न्यौपानेले बताए।

उनले भने, ‘प्रदेश कमिटिले बुझाइ सकेको छ। यसैका आधारमा सचिवालयले अन्तिम नामावाली तयार पारी पार्टीले निर्वाचन आयोगमा भोली बुझाउने छ।’

उनले आज बस्ने सचिवालय वैठकले अन्तिम नामावाली तयार पार्ने छ।

कांग्रेसले पनि क्षेत्र र जिल्ला हुँदै प्रदेश समितिलाई समानुपातिक उमेद्वारहरुको नामावाली केन्द्रमा बुझाइ सकेको छ।

प्रदेश १ बाट प्रतिनीधि सभा र प्रदेश सभामा समानुपातिक तर्फबाट उमेद्वार हुन चाहाने १३९६ जनाको नाम केन्द्रिय समितिलाई बुझाएको नेपाली कांग्रेस प्रदेश १ का सभापति उद्धव थापाले बताए।

उनले प्रदेशले आवश्यक राय र टिप्पणी सहित नाम बुझाएको र सो नाम संसदीय बोर्डले फाइनल गरेर निर्वाचन आयोगमा बुझाउने बताए।

माओवादी केन्द्र प्रदेश १ले पनि तल्लो कमिटीबाट आएका नामहरु आवश्य राय सहित माथिल्लो कमिटिमा पठाएको छ।

पठाएका नामका बिषयमा अझै अन्तिम टुंगो लागि नसकेको माओवादी केन्द्र प्रदेश कमिटिका सचिब गणेश उप्रेती सुशिलले बताए।

उनले आवश्यक नाम काँट छाँट गर्ने अधिकार केन्द्रिय कमिटिमा रहेको बताए । उनले भने अझै अन्तिम नामावाली तयार भइसकेको छैन्। अन्तिम नामावाली तयार पारि भोली निर्वाचन आयोगमा बुझाउने तयारी भइरहेको उप्रेतीले बताए। 

क्षेत्र र सिट बाँडफाँट नहुँदा गठबन्धनलाई तनाव 
गठबन्धन दलहरुले क्षेत्र र सिट बाँडफाँडको अन्तिम टुंगो नलगाँउदा समानुपातिक उमेदवारहरुको अन्तिम नामावाली पठाउन समस्या भएको छ। 

क्षेत्र र सिटको बाँडफाँट भइनसक्दा प्रत्यक्षमा उठ्न चाहेका नेताहरुको व्यबस्थापनमा समस्या भएको माओवादी प्रदेश सचिब उप्रेतीले बताए।

क्षेत्रको बाँडफाँट सकिएको छैन उनले भने बाँडफाँट नहुँदा प्रत्यक्षमा उठ्न चहानेको व्यबस्थापन गर्न समस्या भएको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .