राजनीति


परराष्ट्रसचिव पौड्याल आज अमेरिका जाँदै, राष्ट्रसंघ महासभालाई सम्बोधन गर्ने

परराष्ट्रसचिव पौड्याल आज अमेरिका जाँदै, राष्ट्रसंघ महासभालाई सम्बोधन गर्ने

नेपालखबर
असोज २, २०७९ आइतबार १८:१२, काठमाडौँ

परराष्ट्रसचिव भरतराज पौड्याल आज अमेरिका जाने भएका छन्। 

न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको ७७ औं महासभामा भाग लिन सचिव पौड्याल अमेरिका जान लागेका हुन्।

यसपटक सरकारले परराष्ट्र सचिवको नेतृत्वमा राष्ट्रसंघीय महासभामा प्रतिनिधिमण्डल पठाउने भएको हो। विगतमा प्रधानमन्त्री, वरिष्ठ मन्त्री वा परराष्ट्र मन्त्री तहमा राष्ट्रसंघमा नेपालको सहभागिता हुने गरेको थियो। 

परराष्ट्र मन्त्रालयका अनुसार सचिव पौड्यालले न्यूयोर्कस्थित राष्ट्रसंघ मुख्यालयमा हुने ‘अ वाटरसेड मुमन्टः ट्रान्सफरमेटिभ सोलुसन्स टु इन्टरलकिङ् चेन्जेज’ शीर्षकमा आयोजना हुने जनरल डिबेटलाई सम्बोधन गर्नेछन्।

त्यसैगरी उनले राष्ट्रसंघीय महासभाका दौरानमा उच्चस्तरीय भेटवार्ता पनि गर्ने परराष्ट्रले विज्ञप्तिमा जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .