राजनीति


नेपाल-क्यानडा परामर्श संयन्त्र बैठक असोज दोस्रो साता

नेपाल-क्यानडा परामर्श संयन्त्र बैठक असोज दोस्रो साता

नेपालखबर
असोज २, २०७९ आइतबार २०:३५, काठमाडौँ

नेपाल-क्यानडा द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक असोज दोस्रो साता आयोजना हुने भएको छ। 

परराष्ट्र मन्त्रालयका अनुसार नेपाल-क्यानडा द्विपक्षीय परामर्श संयन्त्रको बैठक असोज १२ गते बस्नेछ। 

उक्त बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव भरत राज पौड्यालको नेतृत्वमा एक टोली सहभागी हुने भएको छ। क्यानडाको विदेश मन्त्रालयका उच्च अधिकारी क्यानडाका तर्फबाट सहभागी हुनेछन्। 

सचिव पौड्याल अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएपछि उक्त बैठकमा भाग लिन क्यानडा पुग्नेछन्। उनी आजै न्यूयोर्कतर्फ प्रस्थान गरिसकेका छन्। 

बैठकमा नेपाल र क्यानडाबीचका द्विपक्षीय सम्बन्धका सबै मामिलामा छलफल हुने भएको छ।

नेपाल-क्यानडा द्विपक्षीय परामर्श संयन्त्रको बैठकमा जलवायु परिवर्तनका चुनौति, महामारी पछिको पुनर्स्थापना, पर्यटन, व्यापार, लगानी, मानवअधिकारको प्रबर्धन, जनस्तरको सम्बन्ध र संयुक्त राष्ट्रसंघ लगायत बहुपक्षीय मञ्चमा सहकार्य लगायत विषयमा दुई देशका परराष्ट्र अधिकारीबीच छलफल हुनेछ। 

यसअघि सन् २०२० मा नेपाल र क्यानडाबीच दोश्रो द्विपक्षीय परामर्श संयन्त्रको बैठक भर्चुअल माध्यमबाट आयोजना भएको थियो। सन् २०१८ मा स्थापित उक्त संयन्त्रको पहिलो बैठक क्यानडाको ओटावामा आयोजना भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .