ad ad

राजनीति


राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने

नेपालखबर
असोज ४, २०७९ मंगलबार २०:२१, काठमाडौँ

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने भएकी छन्। प्रमाणीकरणको लागि तोकिएको समयसीमा मंगलबार राति १२ बजेसम्म छ। समयसीमा सकिन ४ घण्टा पनि बाँकी नहुँदा त्यसका लागि राष्ट्रपतिले कुनै तयारी नगरेको उनका स्वकीय सचिव भेषराज अधिकारीले नेपालखबरलाई जानकारी दिए।

‘नागरिकता विधेयक अहिलेसम्म प्रमाणीकरण गर्ने कुनै तयारी छैन,’ अधिकारीले भने, ‘अब चार घण्टा पनि बाँकी छैन, अहिलेसम्म तयारी नभएकोले हुन्छ हुँदैन यसै भन्न सकिन्न।’

राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरे त्यो स्वतः निष्क्रिय हुने र पहिलाकै व्यवस्था कार्यान्वयन हुने उनले बताए।

नागरिकता विधेयक दोस्रो संसोधन २०७९ संसदका दुवै सदनबाट पारित भई २० भदौमा राष्ट्रपति कार्यालय पुगेको थियो।

यसअघि पहिलो पटक संसदको दुवै सदनबाट पारित भएर पठाएको विधेयकलाई राष्ट्रपति भण्डारीले पुनर्विचार गर्न भन्दै संसदमै फिर्ता पठाएकी थिइन्।

राष्ट्रपति भण्डारीले दोस्रोपटक प्रमाणीकरणका लागि गएको विधेयकका विषयमा सरोकारवाला, विज्ञ, कानुनविद्, राजनीतिक दलका नेताहरुसँग छलफल पनि गरेकी थिइन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .