ad ad

कारोबार


सानिमा बैंकको नक्सालमा क्यास डिपोजिट मेसिन

सानिमा बैंकको नक्सालमा क्यास डिपोजिट मेसिन

नेपालखबर
असोज ४, २०७९ मंगलबार २०:३६, काठमाडौँ

सानिमा बैंकले ग्राहकहरुको सुविधाका लागि क्यास डिपोजिट मेसिन सञ्चालनमा ल्याएको छ।

उक्त मेसिनबाट ग्राहकहरु आफैले नै खातामा रकम जम्मा गर्न सकिनेछ।

यस सुविधाबाट ग्राहकहरुलाई काउन्टरमा लाइन बस्न पर्ने झन्झटबाट मुक्त तथा समयको बचत हुने बैंकले विश्वास लिएको छ।

हाल उक्त मेशिनबाट ग्राहकहरुले रु. ५०० र १००० दरका रु. १ लाखभन्दा कम नेपाली नोट रकम जम्मा गर्न सक्नेछन्।

यसरी रकम जम्मा भएपछि ग्राहकले जम्मा रसिद प्राप्त गर्नेछन्। हाल यो सुबिधा बैंकको केन्द्रीय कार्यालय, नक्सालबाट प्राप्त हुनेछ। 

सानिमा बैंकको देशभर १२७ कार्यालयहरु र १२० वटा एटिएम संजालहरु संचालनमा रहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .