इस्लिङ्गटन कलेजले अन्तर कलेज एस्पायर २०२२ कार्यक्रम सम्पन्न गरेको छ।
भविष्यमा नेतृत्वकर्ताले चुनौतीपूर्ण वातावरणमा कसरी काम गर्न सक्छन्भन्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको कलेजले जनाएको छ।
अन्तर कलेज व्यवसायिक कार्यक्रममा १२ वटा कलेजले सहभागिता जनाएका थिए। बीबीए र बीआइटीका विद्यार्थीहरुले संयुक्त रुपमा सञ्चालन गरेको कार्यक्रम ३ दिनसम्म सञ्चालन भएको थियो।
कार्यक्रममा ऐस इन्स्टिच्युट अफ म्यानेजमेन्ट, काठमाडौं कलेज अफ म्यानेजमेन्ट, ऐपेक्स कलेज, विराटनगर इन्टरनेशनल कलेज, इटहरी इन्टरनेशनल कलेज, इनफर्ममेटिक्स कलेज पोखरा, हेरल्ड कलेज काठमाडौं, प्राइम कलेज, ब्रिटिश कलेज, नामि कलेज र स्याम कलेज हरुले सहभागिता जनाएका थिए।
सहभागीको सिप परीक्षण गर्नको लागि कार्यक्रमलाई स्र्टाटअप आइकन, सीइओ अफ द इयर, द अल्फा एन्यालिस्ट, द ग्लोबल एडभोकेट, मार्केटिङ्ग मेस्ट्रोस र द एस्पायरिङ्ग रेस गरेर ६ वटा विधामा डिजाइन गरिएको थियो।
कार्यक्रमको अन्तिम दिन ‘अ डे इन ब्रिटेन’ थिममा बेलायती तरिकाले सबै गतिविधीहरु देखाइको कलेजले जानकारी दिएको छ।
कार्यक्रममा मनोरञ्जनात्कम गतिविधि, स्टलहरूका साथै विद्यार्थीहरुको प्रस्तुती राखिएकाे थियाे।
भव्यताका साथ सम्पन्न भएको कार्यक्रममा इस्लिङ्गटन कलेज एस्पायर २०२२ को उपाधि विराटनगर इन्टरनेशनल कलेजले जितेको छ।
कलेजले हरेक वर्ष उक्त कार्यक्रम गर्दै आएको छ।
Shares
प्रतिक्रिया