ad ad

राजनीति


राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगर्नु ‘ठूलो दुर्घटना’ : निधि

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगर्नु ‘ठूलो दुर्घटना’ : निधि

नेपालखबर
असोज ५, २०७९ बुधबार १३:४५, काठमाडौँ

नेपाली कांग्रेसका नेता विमलेन्ध्र निधिले संसदले दोहोर्‍याएर पठाउँदा पनि राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगर्नुलाई ‘ठूलो दुर्घटना’को संज्ञा दिएका छन्। 

उनले राष्ट्रपतिको कदमलाई प्रतिगमन भनेका छन्। 

‘संसदले दोहोर्‍याएर नागरिकता विधेयक पारित गरेकोलाई राष्ट्रपतिले प्रमाणित नगर्नु ठूलो दुर्घटना हो’, नेता निधिले सामाजिक सञ्जालमार्फत लेखेका छन्, ‘संविधान, व्यवस्थापिका, कार्यपालिका, न्यायपालिकामाथि प्रतिगमनकारी प्रहार ह‍ो।’

यसले राष्ट्रिय एकतामै असर पार्ने दाबी उनले गरेका छन्।  

नेता निधिले अगाडि भनेका छन्, ‘राष्ट्रिय एकता र सामाजिक स्थीरतालाई बिथोली द्वन्द्व सिर्जना गर्ने यो अन्तर्ध्वंसी कामको तत्काल समाधान जरुरी छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .