राजनीति


कांग्रेसले थाल्यो घोषणापत्र तयारीको काम

कांग्रेसले थाल्यो घोषणापत्र तयारीको काम

फाइल तस्बिर


नेपालखबर
असोज ५, २०७९ बुधबार १८:२०, काठमाडौँ

नेपाली कांग्रेसले आगामी संघ र प्रदेशमा हुने निर्वाचनका लागि घोषणापत्र तयार गर्ने काम अगाडी बढाएको छ।

समितिले बुधवार पार्टी केन्द्रीय कार्यालय सानेपमा बैठक गर्दै घोषणापत्र तयार गर्ने कामलाई अगाडी बढाएको हो।

कांग्रेसले महामन्त्री विश्प्रकाश शर्माको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरेको थियो। सो समितिमा पार्टीका सहमहामन्त्रीहरुका साथसाथै पार्टी भित्रका विभिन्न क्षेत्र तथा समुदायको प्रतिनिधित्व हुनेगरी व्यक्तिहरुलाई समेटिएको छ।

घोषणापत्र तयारी समितिको बैठकको बारेमा जानकारी दिँदै कांग्रेस केन्द्रिय समिति सदस्य गोविन्दराज पोखरेलले पार्टीले पाँच वर्षमा गर्नसक्ने कामहरुलाई राखेर मात्रै घोषणापत्र तयार गरिने बताए।

उनले घोषणापत्र तयारीका काम शुरु भएको जानकारी दिए। ‘हामीले समग्रमा नेपाली काँग्रेसले अहिलेसम्म के ग¥यो र आगामी दिनमा हामीले गर्न सकिने, नचाहिने लोक रिझ्याँइका सपना बाड्नु भन्दापनि नेपाली काँग्रेसले अहिले उपलब्ध साधन, स्रोत र परिचालन गर्नसक्ने साधनमा आगामी पाँच वर्षमा गर्नसकिने कुराहरुलाई राखेर हामीले घोषणापत्र तयार गर्छौं। त्यसमा सबै क्षेत्र, वर्ग, समुदायलाई समन्वय गरी खाका आउने छ,’ उनले भने, ‘जुन नेपाली काँग्रेसले आफूले गर्ने, आफूले जनतालाई गरेर देखाउनसक्ने प्रतिवद्धता त्यसमा जाहेर गर्नेछ। त्यसको लागि तयारी सुरु भएको छ।’

उनले नेपाली काँग्रेसले घोषणापत्रमार्फत पूरा हुन नसक्ने खालका सपना नबाँड्ने पनि स्पष्ट पारे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .