ad ad

राजनीति


‘बृहत् नागरिक आन्दोलन’ले माग्यो राष्ट्रपतिको राजीनामा

‘बृहत् नागरिक आन्दोलन’ले माग्यो राष्ट्रपतिको राजीनामा

नेपालखबर
असोज ५, २०७९ बुधबार १९:१८, काठमाडौँ

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेकोप्रति ‘बृहत् नागरिक आन्दोलन’ले पनि विरोध गरेको छ।

संसदका दुवै सदनले दोस्रोपटक पारित गरेर पठाएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक १५ दिनभित्र अनिवार्य प्रमाणित गर्नुपर्नेमा त्यसो नगरी राष्ट्रपतिले संसदीय सर्वाेच्चता र संविधानको ठाडो उल्लंघन गरेको टिप्पणी ‘बृहत् नागरिक आन्दोलन’ले गरेको छ। 

‘नागरिकको मतबाट निर्वाचित सार्वभौम संसदले पारित गरेर पठाएको विधेयक प्रमाणित नगर्न संसदीय सर्वोच्चता र संविधानको ठाडो उल्लंघन हो’, उसले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘संविधानको संरक्षकबाट नै संविधान उल्लंघन गर्ने कार्यको बृहत् नागरिक आन्दोलन विरोध गर्दछ।’

राष्ट्रपतिको कदमले लोकतान्त्रिक गणतन्त्रमै खतरा उत्पन्न भएको उल्लेख गर्दै  नागरिक आन्दोलनले राष्ट्रपति भण्डारीको राजीनमा मागेको छ। 

‘संविधान उल्लंघन गर्दै बलमिच्याइँ गर्न खोज्ने राष्ट्र प्रमुखले पदको गरिमा मात्र कायम राख्न नसकेको होइन, लोकतान्त्रिक गणतन्त्रमाथि नै जोखिम उत्पन्न गरेको छ’, विज्ञप्तिमार्फत बृहत् नागरिक आन्दोलनले भनेको छ, ‘त्यसैले व्यवस्था थप जोखिमपूर्ण बन्न नदिन तथा संविधानको सर्वाेच्चता कायम राख्न राष्ट्रपति विद्यादेवी भण्डारीले पदबाट राजीनामा दिनुपर्ने बृहत् नागरिक आन्दोलनको ठहर छ। अन्यथा उनलाई पदमुक्त गर्न उनको यो असंवैधानिक कदम महाभियोग लगाउनसमेत पर्याप्त छ।’ 

याे पनिराष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विषयमा बोल्यो पत्रकार महासंघ पनि

हेर्नुहोस् विज्ञप्ति : 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .