नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल नेकपा एमालेमा प्रवेश गर्ने भएका छन्।
खनाललाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज पार्टीको केन्द्रीय कार्यालय च्यासलमा पार्टीमा स्वागत गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ।
खनाललाई २ वर्षअघि पूर्वमन्त्रीसमेत रहेका सांसद सुरेन्द्र यादवको राजनीतिक ‘अपहरण’मा संलग्न भएको आरोप लागेको थियो। जतिबेला ओली नेतृत्वको सरकार थियो।
तत्कालीन समाजवादी पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले आफूहरूको पार्टी फुटाउन ओलीकै योजनामा नेता यादवको ‘अपहरण’ गरिएको आरोप लगाएका थिए। तर त्यतिबेला समाजवादी पार्टी फुटाउने प्रयास असफल भयो।
90
Shares

प्रतिक्रिया