नेपाली कांग्रेसले आसन्न निर्वाचनका लागि गठन गरेको घोषणा पत्र तयारी समितिको प्रवक्तामा सहमहामन्त्री जीवन परियार चयन भएका छन्।
घोषणापत्र तयारी समितिको पहिलो बैठकले मिडिया संयोजन गर्ने जिम्मेवारी निर्धारण गरेबमोजिम परियारलाई घोषणापत्र तयारी समितिको प्रवक्ताको जिम्मेवारी दिएको हो।
समितिका सदस्य सचिव डा. प्रदीप पराजुलीले सञ्चारमाध्यमले आवश्यक सूचना एवं विविध विषयमा तय हुने अवधारणाका लागि परियारलाई सम्पर्क गर्न सक्ने जनाएका छन्।
कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा समिति गठन गरेको छ। सभापति शेरबहादुर देउवाले बुधबारमात्रै ४१ जनालाई समिति सदस्यमा मनोनीत गरेका थिए।
कांग्रेसको घोषणापत्र बनाउन गठन भएको समिति विस्तार
12
Shares
प्रतिक्रिया