संसद्बाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिको कार्यालयमा पुगेको नागरिकता विधेयक प्रमाणीकरण गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगर्ने निर्णय गरेपछि सोको विरुद्धमा सर्वोच्च अदालतमा ५ वटा छुट्टाछुट्टै रिट दायर भएको हो।
पाँचवटै रिट सर्वोच्च प्रशासनले दर्ता गरिसकेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले नेपालखबरलाई जानकारी दिए।
उनका अनुसार अधिवक्ताहरु सुनिलरञ्जन सिंह, सागर बराललगायतले रिट दायर गरेका हुन्।
रिटको पेसी भोलिलाई तोकिएको प्रवक्ता पौडेलले बताए।
असोज ६, २०७९, बिहीबार
87
Shares
प्रतिक्रिया