राजनीति


सिट बाँडफाँट बैठकमा गगन गयल भएपछि झस्के चार दल

सिट बाँडफाँट बैठकमा गगन गयल भएपछि झस्के चार दल

नेपालखबर
असोज ७ , काठमाडौँ

सिट बाँडफाँटका लागि सहमतिको मस्यौदा तयार पार्न गठन गरिएको ११ सदस्यीय कार्यदलमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा पनि छन्।

उनी हरेक बैठकमा सहभागी हुने गरेका थिए। यतिसम्म कि शीर्ष नेताको बैठकमा समेत उनले प्रवेश पाउँथे र पार्टी सभापतिलाई सहयोग गर्थे।

तर, गठबन्धन र कार्यदलको पछिल्ला तीनवटा बैठकमा गगन उपस्थित भएका छैनन्।

उनको अनुपस्थितिले गठबन्धनका चार दललाई भने झस्काएको छ।

गगन कांग्रेसले निर्वाचन क्षेत्र लिनुपर्दा १०० बाट घट्न नहुने अडानमा छन्। 

तर, केही दिन उनी अनुपस्थित हुनुको कारण कांग्रेसलाई मनोवैज्ञानिक दबाब दिन खोजेको र धेरै लचक नहुन भनेको हुनसक्ने कार्यदलका एक सदस्यले बताए। 

बिहीबार बसेको शीर्ष नेता र कार्यदलको संयुक्त बैठकमा कांग्रेसले लचक नहुने संकेत गरेको एक नेताले बताए।

एकातिर गगन अनुपस्थित हुनु, अर्काेतिर कांग्रेसले अडान थप बलियो बनाउँदै लग्नुको कारण बुझन् नसकेको कार्यदलका एक सदस्यले बताए।

‘हुन त कांग्रेसभित्र आन्तरिक दबाब होला, शेखर समूहले के के भनेका कुरा बाहिर सार्वजनिक भएकै छन्,’ ती सदस्यले नेपालखबरसँग भने, ‘समानुपातिक उम्मेदवारको बन्द सूचि बुझाउने समयसम्म लचक देखिएको कांग्रेस आज निकै रिजिट देखियो, लचक हुन खोजेको देखिएन, फेरि कांग्रेसकै कार्यदल सदस्य बैठकमा पनि आएका छैनन्।’

तर, गगनलाई डेंगु भएर उनी आराम गरिरहेका थिए।

पछिल्लो दिन डेंगुकै कारण उनी कतै सार्वजनिक कार्यक्रममा सहभागी भएका छैनन्।  

गठबन्धनले प्रतिनिधि सभा तर्फको सिट बाँडफाँटमा सहमति जुटाउन सकेको छैन।

अब शुक्रबार फेरि निर्वाचन क्षेत्रमा सहमति गर्नेगरी बैठक बस्ने तयारी छ।

असोज ६, २०७९, बिहीबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad