ad ad

राजनीति


लोकतान्त्रिक प्रणालीलाई व्यवस्थित गर्न सबैभन्दा बढी माओवादी नै लागिपरेको छ : प्रचण्ड

लोकतान्त्रिक प्रणालीलाई व्यवस्थित गर्न सबैभन्दा बढी माओवादी नै लागिपरेको छ : प्रचण्ड

नेपालखबर
असोज ६, २०७९ बिहिबार २१:०, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाललले नेकपा (माओवादी केन्द्र) जनताको शान्तिको चाहनासँग एकाकार रहेको बताएका छन्।

बिहीवार काठमाडौंमा भएको पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको जीवनी लोकार्पण समारोहमा बोल्दै उनले लोकतन्त्र, शान्ति र मानवअधिकारप्रति माओवादीको निष्ठामा शंका नगर्न आग्रह गरे।

‘युद्धमा पनि हामी यस्तै थियौँ। अहिले पनि हामी मानवता, लोकतन्त्र, परिवर्तन, न्याय, समानताप्रति हाम्रो उद्देश्य उस्तै छ। युद्ध एउटा परिस्थितिको बाध्यता थियो। त्यो बाध्यताको उपज थियो। तर त्यसको सञ्चालन गर्ने हामीभित्र शान्तिप्रतिको लगाव र निष्ठा नभएको हुन्थ्यो भने, मानवता र लोकतन्त्रप्रतिको निष्ठा नभएको भए शान्तिप्रक्रियाको सम्झौता सम्भव थिएन,’ उनले भने, ‘युद्धमा सहभागीहरुले नै शान्तिको महत्व सबभन्दा बढी बुझेका हुन्छन्। मानिसलाई युद्धमा गए त्यो बढी क्रुर र अमानवीय छ कि भन्ने लाग्छ। तर यथार्थ हेर्नुभयो भने त्यस्तो छैन।’

उनले थपे, ‘अहिले पनि एउटा भ्रम छ, माओवादी अहिले पनि कतै उस्तै पो छ क्यारे भनेको जस्तो। यो विभ्रम हामी दिमागबाट हटाइदिऔँ। युद्धले शान्ति ल्याएको छ नेपालमा। माओवादी जनताको शान्तिको चाहनासँग एकाकार छ।’ 

अध्यक्ष दाहालले माओवादी नै शान्ति सम्झौता, संविधान सभा, गणतन्त्र, संघीयतालाई व्यवस्थित गर्न लोकतान्त्रिक प्रक्रियामा सबभन्दा बढी गहिराइको साथ लागेको जिकिर पनि गरे।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .