ad ad

राजनीति


कांग्रेस संस्थापन इतर पक्षको खबरदारी सभा सुरु, टिकट वितरणमा ४० प्रतिशत माग्ने

शीर्ष तहका नेताहरु उपस्थित नहुने
कांग्रेस संस्थापन इतर पक्षको खबरदारी सभा सुरु, टिकट वितरणमा ४० प्रतिशत माग्ने

नेपालखबर
असोज ८, २०७९ शनिबार १३:५८, काठमाडौँ

नेपाली कांग्रेस संस्थापन इतर समूहले आयोजना गरेको खबरदारी सभा सुरु भएको छ। राजधानीको नयाँ बानेश्वरमा आयोजना गरिएको भेला नुवाकोटका निवर्तमान सभापति जगदीश्वरनरसिंह केसीको अगुवाइमा आयोजना भएको हो। ।

टिकट वितरणमा ४० प्रतिशत भाग पाउनपर्ने भन्दै आयोजना गरिएको यो भेलालाई अवसर र न्यायका लागि आयोजना गरिएको नेताहरुले बताएका छन्। 

भेलामा संस्थापन इतर समूहका नेता शेखर कोइराला र उनको समूहबाट पदाधिकारीहरु भने उपस्थित छैनन्। 

भेलामा सहभागी एक नेताका अनुसार शीर्ष नेताहरु उपस्थित हुने छैनन्। ‘समूहका शीर्ष नेता आउनु हुन्न, सेकेन्ड लेयरले नै कार्यक्रम गर्ने भनियोको छ’ ती नेताले नेपालखबरसँग भने। 

शेखर समूहले पटकपटक भेला र बैठक गरेर सभापति शेरबहादुर देउवालाई दबाब दिंदै आएको छ। साथै आफूहरूलाई न्यायोचित व्यवहार नगरिए गठबन्धनमा समेत समस्या आउने शेखर समूहले चेतावनी दिइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .