ad ad

राजनीति


राजनीतिमा युवाहरुको चासो बढ्नु सकारात्मक : प्रकाशमान

राजनीतिमा युवाहरुको चासो बढ्नु सकारात्मक : प्रकाशमान

नेपालखबर
असोज ८, २०७९ शनिबार १७:२५, काठमाडौँ

नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले राजनीतिमा युवाहरुको विस्तारै चासो बढ्नु सकारात्मक भएको बताएका छन्। उनले अब युवालाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बताए।

 मोरङ समाज काठमाडौंले दसैँतिहारको अवसर पारेर आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै नेता सिंहले युवाहरुलाई सीपमूलक तालिम दिएर रोजगारी बढाउनेतर्फ ध्यान दिनुपर्ने बताए। 

त्यस्तै, उनले स्वास्थ्य, शिक्षा, रोजगारीमा जोड दिँदै सीपसँग शिक्षालाई जोड्नुपर्ने र युवालाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखे। मंसिर ४ को निर्वाचनपछि बन्ने सरकारले जनतालाई अनुभूति गर्नेगरी काम गर्ने बताए। 

हरेक वडामा ल्याबसहितको क्लिनिक पु¥याउनुपर्ने र हरेक क्षेत्रमा सीप सिकाउने तालिम केन्द्र खोल्नुपर्नेमा आफ्नो जोड रहेको सिंहाको भनाइ छ।

संविधानको कार्यन्वयन गर्न र गाउँगाउँमा सिंहदरबारको अवधारणालाई साकार गर्न नेपाली कांग्रेसको जित आवश्यक रहेकोमा सिंहको जोड थियो।

कांग्रेस कमजोर हुँदा संविधान सभा संविधान बनाउन विफल भएको उदाहरण दिँदै उनले कांग्रेस संसदमा बलियो भएपछि मात्र संविधान जारी भएको बताए। त्यस्तै, देशको समृद्धि र शिक्षा, स्वास्थ्य र रोजगारीका लागि कांग्रेस बलियो बनाउनुपर्ने उनको भनाइ थियो। 

जनताले परिवर्तन खोजेको भन्दै अब शिक्षा, स्वास्थ्यजस्ता नागरिकको दैनिक जीवनलाई सहज बनाउने विषयमा परिवर्तन ल्याउनुपर्ने सिंहले बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .