राजनीति


धनकुटा माओवादीमा विद्रोह, हेमराज भण्डारी प्रतिनिधिसभातर्फ स्वतन्त्र उठ्ने

शीर्ष नेताहरुसहित कार्यकर्ताहरुको सामूहिक राजीनामा
धनकुटा माओवादीमा विद्रोह, हेमराज भण्डारी प्रतिनिधिसभातर्फ स्वतन्त्र उठ्ने

फाइल तस्बिर


सुमन पुरी
असोज ९ , विराटनगर

नेकपा माओवादी धनकुटाअन्तर्गत पोलिट्व्यूरो, केन्द्रीय सदस्य, प्रदेशका पदाधिकारी र प्रदेश सदस्यसहित जिल्लाका पदाधिकारीहरुले सामूहिक राजिनमा दिएका छन्। 

जिल्लामा रहेका पोलिट्व्यूरो सदस्य हेमराज भण्डारी, केन्द्रीय सदस्य धनमाया विक र प्रदेश सहसचिव ऋषीराम ढुंगानासहितले आइतवार पार्टीबाट सामूहिक राजिनामा दिएका हुन्। 

आइतवारको बैठकपछि १४ जना प्रदेश सदस्य  र जिल्ला समन्वय समितिका सबै पदाधिकारी र सदस्यहरुले राजीनामा दिएको माओवादीका प्रदेशका सह-सचिव ऋषिराम ढुंगानाले जानकारी दिए। 

आसन्न मंसिर ४ गतेको संघ र प्रदेश सभाको आम निर्वाचनको सन्दर्भमा  माओवादी केन्द्र धनकुटाको बैठकपछि उनीहरुले सामुहिक राजिनामा दिँदै विज्ञप्ति जारी गरेका छन्।

आसन्न प्रतिनिधिसभाको निर्वाचनमा धनकुटामा माओवादीका पोलिट्व्यूरो सदस्य हेमराज भण्डारीले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्। 

'आगामी निर्वाचनमा धनकुटाको विकास र समृद्धिको योजना र योगदान गर्न सक्ने आधारसहित प्रतिनिधिसभामा स्वतन्त्र उमेदवारका रुपमा धनकुटेली जनतामा जाने, हेमराज भण्डारी को प्रस्तावलाई पूर्ण समर्थन छ', विज्ञप्तिमा भनिएको छ। 

भण्डारीको नेत्वमा चल्ने स्वतन्त्र अभियानलाई सहयोग गरि निर्वाचनमा सहभागी हुने निर्णय पनि नेता कार्यकर्ताहरुले गरेका छन्। 

धनकुटामा वाम-लोकतान्त्रिक गठबन्धनका कारण प्रतिनिधि सभा निर्वाचन क्षेत्र विभाजनपछि माओवादीमा विवाद उत्पन्न भएको हो। 

धनकुटाबाट हेमराज भण्डारी निर्वातन लड्ने तयारीमा थिए। गठबन्धनबाट धनकुटा माओवादीको भागमा नपरेपछि सामूहिक राजीनामा दिनुपरेको माओवादी नेताहरुले बताएका छन्। 

धनकुटामा नेपाली कांग्रेस र जनता समाजवादीले समेत दाबी गरेका छन्। 

एउटा मात्रै संघीय संसद क्षेत्र रहेको धनकुटाबाट कांग्रेस नेता सुनिलबहादुर थापा र जसपाका रकम चेम्जोङ्गले गठबन्धनबाट प्रतिनिधि सभाका लागि उम्मेदवारीको दाबेदारी गरिरहेका छन्। 

असोज ९, २०७९, आइतबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad