ad ad

राजनीति


नागरिकता विधेयकबारे विद्रोही अखिल (क्रान्तिकारी) को राष्ट्रपतिमाथि प्रश्न

नागरिकता विधेयकबारे विद्रोही अखिल (क्रान्तिकारी) को राष्ट्रपतिमाथि प्रश्न

नेपालखबर
असोज ११, २०७९ मंगलबार २१:४१, काठमाडौँ

अखिल (क्रान्तिकारी) विद्रोही समूहका संयोजक पवन कार्कीले नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणित नभएको विषयमा प्रश्न गरेका छन्।

मंगलबार क्रान्तिकारीको केन्द्रीय कानुन विभागले आयोजना गरेको ‘नागरिकता विधेयक भ्रम र यथार्थ’ विषयक अन्तरक्रियामा कार्कीले राष्ट्रपतिको भूमिकाको बारेमा टिप्पणी गरेका हुन्। 

नागरिकता विधेयका केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला अध्यादेशमार्फत ल्याएको स्मरण गराउँदै कार्कीले अहिले एमालेले राष्ट्रहित विपरित भएको भन्न नहुने बताए।

‘एमालेले विदेशीलाई नागरिकता दिन खोजेको भनेर प्रचार गरिरहेको छन्। उनीहरुलाई प्रश्न गर्न चाहान्छु। त्यसोभए हिजो एमालेले नागरिकता अध्यादेश ल्याएर रास्ट्रघात गरेको थियो?’ कार्कीले प्रश्न गरे। 

कार्यक्रममा राष्ट्रिय सभाका पूर्वसदस्य तथा माओवादी केन्द्रका नेता रामनारायण विडारीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई व्यंग्यात्मक प्रश्न गरे।

विडारीले नागरिकता विधेयक राष्ट्रहितविपरीत नभएको तर्क गरेका थिए। नागरिकता विधेयकको पृष्ठभूमिबाट वक्तव्य सुरु गरेका विडारीले भारतीय र तिब्बती मूलका नागरिकले नेपाली नागरिकता पाउन लागेको भ्रम पहाडिया मूलका सर्वसाधारणलाई परेको बताएका थिए। 

नागरिकता विधेयकको बारेमा एमालेले गरेको प्रचार गलत भएको विडारीले बताए।

उनले भने,  ‘२०११ र २०२० सालमा नेपाली केटासँग विदेशी केटीले बिहे गरेर विदेशी नागरिकता त्याग्न चाहेमा नेपालको अंगीकृत नागरिक हुनेछ भनेर लेखेको थियो। २०३२ सालमा उक्त व्यवस्थामा बिहे गरेको पाँच वर्षपछि मात्रै अंगीकृत नागरिकता पाउने भनेर लेखियो।’ 

माओवादी केन्द्रको धारणा अन्य देशकी बुहारीलाई नागरिकता दिनका लागि केही वर्ष समयावधि राख्नुपर्छ भन्ने रहेको भन्दै विडारीले भने, ‘तर, जन्मसिद्ध सन्तानलाई तत्काल नागरिकता दिनुपर्छ भन्नेमा हामी स्पष्ट छौँ।’ 

धेरै व्यक्तिले २०४७ सालमा नेपालको जन्मसिद्ध नागरिकता पाएको स्मरण गराए।

‘२०४५ सालमा नागरिकता पाउनेको छोरो अहिले ३५ वर्ष पुग्यो। बुवा नेपाली नागरिक हुने, तर छोराछोरी अनागरिक हुने, यस्तो पनि कहीँ हुन्छ?’ प्रश्न गर्दै विडारी भन्छन्, ‘जन्मसिद्वका छोराछोरीलाई तत्काल नागरिकता दिनुपर्छ। एनाआरएनको बारेमा बुहारीको विषयमा सोच्दै गरम्ला।’

ओलीले ल्याए प्रमाणित गर्ने, देउवाले ल्याउँदा फेल, के गरेकी हौका? विडारीले राष्ट्रपति भण्डारीमाथि व्यंग्य गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .