ad ad

समाज


असोज २४ र २५ गते काठमाडौंमा ‘ग्रिन हाइड्रोजन समिट’ हुने

असोज २४ र २५ गते काठमाडौंमा ‘ग्रिन हाइड्रोजन समिट’ हुने

नेपालखबर
असोज ११, २०७९ मंगलबार २१:५९, काठमाडौँ

जलवायु परिवर्तनको असर न्यूनीकरण  तथा आर्थिक समृद्धि हासिल गर्न स्वच्छ ऊर्जा क्षेत्र र दिगो जलवायु अनुकुलका पूर्वाधारमा लगानी अभिवृद्धि गर्ने उद्देश्यका साथ असोज अन्तिम साता नेपालमै पहिलो पटक ‘नेपाल ग्रीन हाइड्रोजन समिट (एनजीएचएस) आयोजना हुने भएको छ।

राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले असोज २४ र २५ गते तदनुसार अक्टुबर १० र ११ मा हरित हाइड्रोजन सम्बन्धी बृहत सम्मेलन आयोजना गर्न लागिएको जनाएको छ। 

एमआईटी ग्रुप फाउण्डेसन, ग्लोबल एनआरएन फाउन्डेसन, नेपाल सरकार अर्थ मन्त्रालय र नेपाल सरकार, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले संयुक्त रूपमा नेपाल ग्रीन हाइड्रोजन समीटको आयोजना गर्न लागेका हुन्।

ताहाचलस्थित होटल सोल्टीमा आयोजना हुने सम्मेलनको मुख्य नारा ‘नेपाल हरित हाइड्रोजन सम्मेलन : पग्लिँदै गरेका हिमालका लागि एन्टिडोट’ रहेको छ।

हरित हाइड्रोजनको उत्पादन, भण्डारण र वितरण क्षमताको अध्ययनमा टेवा पुर्याउने लक्ष्य सम्मेलनले लिएको छ।

पत्रकार सम्मेलनमा एमआईटी ग्रुप फाउन्डेसनका अध्यक्ष एव एनआरएनका पूर्वअध्यक्ष शेष घलेले विश्वमै वातावरणीय र आर्थिक रुपले बलियो विकल्पका रुपमा देखा परेको हाईड्रोजन उत्पादनलाई नेपालमा पनि सम्भाव्य बनाउने बहस गर्न समिट आयोजना गरिएको जानकारी दिए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .