प्रहरीको कुटपिटबाट गम्भीर घाइते भएका जेनजी अभियन्ता मजित अन्सारीले आफूमाथिको प्रहरी आक्रमणप्रति सरोकारवाला निकायको ध्यानाकरर्षण गराएका छन्।
सोमबार सामाजि सञ्जालमार्फत् उनले आफूमाथि प्रहरीले विनाकारण कुटपिट गरेर गम्भीर घाइते बनाउँदै पक्राउसमेत गरेको भन्दै उनले आफूमाथिको आक्रमण र पक्राउप्रतिको कानुनी हैसियत खोजेका छन्।
‘मिति २०८३-३-२७ गते शनिबार साँझ ५ बजेतिर १०/१२ जना प्रहरीले लछारपछार गर्दै कुटपिट गरी गम्भीर घाइते बनाएकोमा हाल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मेरो उपचार भइरहेको छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मलाई अहिलेसम्म मेरो पक्राउको कारण बारेमा कुनै जानकारी दिइएको छैन, न त मलाई कुनै पक्राउ पुर्जी देखाइएको छ। मेरो पक्राउको कानूनी हैसियत बारेमा पनि कुनै स्पष्टता छैन।’
उनले आफ्नो पक्राउप्रति गृहमन्त्री र प्रहरी प्रमुखसँग पनि प्रश्न गरेका छन्।
‘के गृहमन्त्री वा प्रहरी प्रमुखज्यूले यो कुरा स्पष्ट पार्न सक्नुहुन्छ कि यी सबै गैरकानूनी कारबाहीहरू किन यति लक्षित तरिकाले म विरुद्ध गरियो? उनले भनेका छन्, ‘त्यसैले म सबै सम्बन्धित अधिकारीहरू, संघीय संसदका सबै माननीय सदस्यहरू, प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समिति, नागरिक समाज, अन्तर्राष्ट्रिय मानव अधिकार समुदायहरू तथा सबै मानव अधिकार रक्षकहरूलाई मेरो जीवन र स्वतन्त्रताको सुरक्षा सुनिश्चित गर्न अनुरोध गर्दछु।’

Shares

प्रतिक्रिया