आफ्ना पूर्वअध्यक्ष रवीन्द्र मिश्र समूहसहित आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गर्न लागेपछि विवेकशील साझा पार्टीले आफ्ना नेता, कार्यकर्तालाई विचलित नहुन अपिल गरेको छ।
विवेकशील साझाकी अध्यक्ष समीक्षा बाँस्कोटाले बुधबार बिहान सामाजिक सञ्जालमार्फत भिडिओ सन्देश जारी गर्दै कुनै व्यक्ति कुनै दलमा प्रवेश गर्नुलाई ठूलो रूपमा नलिन पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकलाई अनुरोध गरेकी हुन्।
‘विवेकशील साझा पार्टी एक ढिक्का भएर एकै ठाउँमा छौं’, भिडिओ सन्देशमा उनले भनेकी छन्, ‘केही व्यक्तिको कुनै अमूक राजनीतिक दलमा प्रवेशलाई यहाँहरूले सामान्य रूपमा लिइदिनहुन पनि अनुरोध गर्दछु।’
भिडिओ सन्देशमा उनले विवेकशील साझा पार्टी स्थापना हुँदा जारी प्रतिबद्धतापत्र बमोजिम मंसिर ४ गते हुने चुनावका लागि तयार रहन पार्टी पंक्तिलाई आग्रह गरेकी छन्।
यस्तो छ भिडिओ सन्देश
Shares
प्रतिक्रिया