विवेकशील साझा पार्टी त्यागेर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वरिष्ठ उपाध्यक्ष बनेका नेता रवीन्द्र मिश्रले गर्व गर्न सक्ने सांसद बनेर देखाउने प्रतिवद्धता गरेका छन्।
मिश्रले शुक्रबार (१४ असोज) काठमाडौं क्षेत्र नम्बर १ बाट आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। काठमाडौं–१ मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह उम्मेदवार बन्ने चर्चा छ।
०७४ को निर्वाचनमा पनि यहाँ मिश्र र सिंहबीच प्रतिस्पर्धा भएको थियो। । त्यसबेला मिश्र ८१९ मतको झिनो अन्तरले पराजित भएका थिए।
मिश्रले त्यसबेला १० हजार १ साय १८ मत प्राप्त गरेका थिए। विजयी सिंहले १० हजार ९ सय ३७ मत ल्याएका थिए।
उनले हलो चुनाव चिन्ह लिएर काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेदवारी घोषणा गर्दै यहाँका मतदाताले गर्व गर्न सक्ने सांसद बनेर देखाउने बताएका हुन्।
‘काठमाडौं क्षेत्र नं १ का मतदाताले निशंकोच गर्व गर्न सक्ने सांसद बनेर देखाउंछु।’ मिश्रले भनेका छन्, ‘आज मेरो उम्मेदवारी घोषणा गर्दा काठमाडौं क्षेत्र नं १ का मतदाता सामू मैले गरेको प्रतिवद्धता।’
Shares

प्रतिक्रिया