ad ad

राजनीति


पश्चगामी शक्ति सलबलाउन थाले, युवा पुस्ता सतर्क हुन जरुरी छ : बाबुराम भट्टराई

पश्चगामी शक्ति सलबलाउन थाले, युवा पुस्ता सतर्क हुन जरुरी छ : बाबुराम भट्टराई

नेपालखबर
असोज १५, २०७९ शनिबार ८:११, काठमाडौँ

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पश्चगामी शक्तिहरू सलबलाउन थालेको बताएका छन्।

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. भट्टराईले राजा÷राजतन्त्र फर्काउन चाहने शक्ति सक्रिय हुन थालेको संकेत गरेका हुन्। 

जनता र युवा पुस्तामा बढ्दो असन्तुष्टिको धमिलो पानीमा माछा मार्न उनीहरू सलबलाउन थालेको उनको भनाइ छ।  

तर दल र नेता खराब भए भन्दैमा इतिहासले मिल्काइसकेको संस्था/व्यक्ति फर्काउने गल्ती गर्न नहुने सुझाव डा. भट्टराईले दिएका छन्। 

‘जनता र युवा पुस्तामा बढ्दो असन्तुष्टिको धमिलो पानीमा माछा मार्न विभिन्न रूप र रंगमा पश्चगामी शक्तिहरू सलबलाउन थाल्नु गम्भीर छ, यसबारे युवा पुस्ता बेलैमा सतर्क रहन जरुरी छ’, सामाजिक सञ्जालमार्फत डा. भट्टराईले भनेका छन्, ‘दल र नेता खराब भए अझै राम्रो दल र नेता छान्ने÷बनाउने हो तर इतिहासले मिल्काइसकेका संस्था÷व्यक्ति फर्काउने हैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .