ad ad

राजनीति


कोइराला पक्षको माग सम्बोधन गर्न देउवा लचक, दोस्रो तहका नेताहरूको आपत्ति

कोइराला पक्षको माग सम्बोधन गर्न देउवा लचक, दोस्रो तहका नेताहरूको आपत्ति

फाइल तस्बिर


नेपालखबर
असोज १५, २०७९ शनिबार १७:३२, काठमाडौँ

सत्तारुढ दल नेपाली कांग्रेसको संस्थापन इतर पक्षको माग सम्बोधन गर्न सभापति शेरबहादुर देउवा लचक देखिएका छन्। समानुपातिकको बन्दसूचीमा परेका उम्मेदवारहरुको नामावाली सच्याउनपर्ने शंशाक कोइराला पक्षका नेताहरूको मागमा देउवा लचक देखिएपनि उनी निकट नेताहरूले मने मानेका छैनन्। 

समानुपातिकको बन्दसूची सच्याउनेबारे छलफल गर्नका लागि प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार दिउँसो ३ बजे पदाधिकारीहरुको बैठक बोलाइएको थियो। 

बैठकमा सहभागी भएका पदाधिकारीको भनाई उदृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘समानुपातिक बन्दसूची सच्याउने कुरामा सभापतिज्यू लचक देखिनुभएको छ, तर संस्थापन पक्षका शीर्ष नेताहरुले भने आनाकानी गरेका छन्।’

कोइराला समूहका नेताहरुले पार्टीभित्र समान अवसर र न्यायका लागि अभियान नै चलाइरहेका छन्। संस्थापन पक्षका नेताहरुलाई दबाब दिनका लागि उनीहरुले खबरदारी अभियान नै चलाएका थिए। 

टिकट वितरणमा ४० प्रतिशत हिस्सा पाउनपर्ने कोइराला पक्षका नेताहरुको भनाई छ। शनिबार पनि सहमति हुन नसक्दा समानुपातिकको बन्दसूची नटुंगाइ बैठक सकिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .