राजनीति


सत्ता गठबन्धनले यसरी बाँड्यो सिट, कुन क्षेत्र कसलाई? (सूचीसहित)

सत्ता गठबन्धनले यसरी बाँड्यो सिट, कुन क्षेत्र कसलाई? (सूचीसहित)

फाइल तस्बिर


नेपालखबर
असोज २१, २०७९ शुक्रबार २३:५२, काठमाडौँ

लामो रस्साकस्सीपछि सत्तारुढ गठबन्धनले प्रतिनिधिसभाको सिट भागवण्डालाई अन्तिम रुप दिएको छ।

गठबन्धनले १६५ मध्ये १६१ सिटको भागवण्डा मिलाएको हो। तर यो सूचीमा शनिबारसम्म तलमाथि हुन सक्नेछ।

जनता समाजवादी पार्टी बाहिरिएपछि आएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई पनि ८ देखि १० सिट दिने गरी भागवण्डा गरिएको हो। 

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको गठबन्धनको बैठकले कांग्रेसलाई ८४, नेकपा माओवादी केन्द्रलाई ४५,एकीकृत समाजवादीलाई २० र राष्ट्रिय जनमोर्चालाई २ स्थान दिने गरी बाँडफाँट गरेको हो। 

गठबन्धनले विवाद रहेका बाँकी ४ सिटमा पनि शनिबारसम्म सहमति गर्ने भएको छ। शनिबार नै सहमति पत्रमा हस्ताक्षर गरेर २३ गते मनोनयनका लागि गठबन्धन तयार हुने भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .