ad ad

राजनीति


मधेशका मुख्यमन्त्री राउत फेरि प्रदेशमै जाने, पुरानै क्षेत्रबाट उठ्दै

मधेशका मुख्यमन्त्री राउत फेरि प्रदेशमै जाने, पुरानै क्षेत्रबाट उठ्दै

फाइल तस्बिर


जयन्त ठाकुर
असोज २२, २०७९ शनिबार १८:२८, जनकपुरधाम

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत फेरि प्रदेशसभामै जाने भएका छन्। 

उनलाई जसपाले पर्सा १ 'ख'मा दोहोर्‍याएपछि प्रदेशमै जाने पक्का भएको हो।

२०७४ सालको निर्वाचनमा उनी पर्सा १ 'ख'बाटै प्रदेशसभामा निर्वाचित भएर मुख्यमन्त्री बनेका थिए। 

त्यो निर्वाचनमा मुख्यमन्त्री राउत ९ हजार ८ सय ४ मत ल्याएर प्रदेशसभामा निर्वाचित भएका थिए। 

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विजयकुमार सर्राफले ६ हजार ८ सय २९ मत मात्रै ल्याएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .