राजनीति


लोसपाले ७ वटा संघीय र १४ वटा प्रदेशसभाको सिट पाउने

बालुवाटारमा देउवा र ठाकुरबीच सहमति पत्रमा हस्ताक्षर
लोसपाले ७ वटा संघीय र १४ वटा प्रदेशसभाको सिट पाउने

बालुवाटारमा सहमतिपत्रमा हस्ताक्षरका क्रममा दुई दलका नेताहरु


नेपालखबर
असोज २२, २०७९ शनिबार २२:१४, काठमाडौँ

लोकतान्त्रिक समाजवादी पार्टीले सत्ता गठबन्धनसँगको तालमेलबाट संघीय संसदमा ७ र प्रदेशसभाका १४ सिट पाउने भएको छ।

मधेस प्रदेशमा लोसपाले ७ वटा संघीय र १४ वटा प्रदेशसभा सिट पाउने गरी नेपाली कांग्रेससँग सहकार्य गर्ने निर्णय भएको लोसपा नेता जितेन्द्र सोनलले नेपालखबरलाई बताए ।

त्यही निर्णयअनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेस सभापति शेरबहादुर देउवा र लोसपा अध्यक्ष महन्थ ठाकुरबीच सहमति पत्रमा हस्ताक्षर भएको छ।     

                         

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .