राजनीति


उपत्यकामा माओवादीलाई संघका ५ सिट, २ वटामा उम्मेदवार टुंगो लागेन

कुलमानले चुनाव लड्न अनिच्छा देखाए
उपत्यकामा माओवादीलाई संघका ५ सिट, २ वटामा उम्मेदवार टुंगो लागेन

फाइल तस्बिर


नेपालखबर
असोज २२, २०७९ शनिबार २२:२०, काठमाडौँ

नेकपा माओवादी केन्द्रले शनिबार अबेरसम्म छलफल गर्दा पनि काठमाडौका दुई क्षेत्रको उम्मेदवार टुंगो लगाउन सकेन।

नेकपा माओवादी केन्द्रले काठमाडौंका क्षेत्र नम्बर २ र ९ को उम्मेदवार टुंगो आइतबार बिहान मात्र लगाउने भएको छ। 

शनिबार बेलुका ९:४० सम्म काठमाडौं क्षेत्र नम्बर २ मा कृष्णराज सुवेदीको नाम चर्चामा छ। 

तर त्यस क्षेत्रमा ल्यार्केल लामाले समेत चासो देखाएका छन्।

त्यसअघि काठमाडौं २ बाट स्थायी समिति सदस्य ओनसरी घर्ती र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नाम सिफारिस भएको थियो।

तर दुवैले अन्तिम समयमा इच्छा नदेखाको स्रोतले जनाएको छ।

यस्तै क्षेत्र नम्बर ९ मा कल्पना धमलाको नाम आएको छ। त्यसअघि बागमती इन्चार्ज हितमान शक्यको नाम सिफारिस भएको थियो । उनले चुनावमा उठ्न अनिच्छा गरेका छन्।

'अहिलेसम्म आएका नामहरु निकै फेरबदल भएका छन्', नेकपा माओवादी केब्द्र बागमती प्रदेश कमिटीका एक पदाधिकारीले नेपालखबरसँग भने, 'अन्तिम नामावली थाहा पाउन भोलि बिहान पर्खनैपर्छ।'

माओवादीले उपत्यकामा पाएका पाँच सिटमध्ये ललितपुर -३ मा पम्फा भुसाल, भक्तपुर-१ मा सुनिल बसु र काठमाडौं -७ मा मानुषी यमी भट्टराईको उम्मेदवारी निश्चित छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .