ad ad

राजनीति


घनश्याम भुसाललाई मध्यराति प्रचण्डको फोन, गठबन्धनको सहयोगमा रुपन्देही १ बाट चुनाव लड्ने घोषणा

घनश्याम भुसाललाई मध्यराति प्रचण्डको फोन, गठबन्धनको सहयोगमा रुपन्देही १ बाट चुनाव लड्ने घोषणा

सुदीप भण्डारी
असोज २३, २०७९ आइतबार १०:१६, बुटवल

नेकपा एमाले परित्याग गरेका घनश्याम भुसालले रुपन्देही क्षेत्र नम्बर १ बाट चुनाव लड्ने घोषणा गरेका छन्। स्वतन्त्र वाम उम्मेदवारका  रुपमा आफू चुनाव लड्ने उनले बताए।

रुपन्देहीको तिलोत्तमास्थित आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा भुसालले चुनाव लड्न कुनै दलको चिह्न नलिने बताए।

भुसालले पार्टी छाडेको घोषणा गरेलगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उनलाई आफ्नो पार्टीको चुनाव चिह्नमा चुनाव लड्न आग्रह गरेका थिए। तर आफू स्वतन्त्र बन्ने कुरा प्रचण्डलाई भनेको उनले जानकारी दिए। 

स्वतन्त्र उम्मेदवारका रुपमा रहने सत्ता गठबन्धनले पनि समर्थन गर्ने भन्दै प्रचण्ड र आफूसँग भएको कुरा पत्रकार सम्मेलनमा यसरी सुनाए। 

‘उहाँहरुले तपाईं स्वतन्त्र रहनुस्, हाम्रो चुनाव चिह्नमा लड्नूस् भन्नुभएको थियो। म आफैं गएको एक वर्ष वाम एकताको कुरा गरेबापत किनारामा परेको मान्छे। यसर्थ वाम एकताको यो झण्डा मेरो राजनीतिक आजको झण्डा हो। यसलाई कमजाेर हुन दिने खालको कुनै कुरा नगरौं भन्ने मलाई लाग्छ। तपाईंले भन्नुभएको प्रस्तावका लागि धन्यवाद छ। तपाईंहरुले मलाई स्वतन्त्र नै हुन दिनूस् भनेर मैले भनें। त्यसका लागि उहाँले मैले प्रधानमन्त्री तथा कांग्रेस सभापतिसँग कुरा गर्नुपर्छ भन्नुभयो।

राति साढे १२ बजेतिर कमरेड प्रचण्डले मलाई फोन गरेर भन्नुभयो - प्रधानमन्त्रीसँग पनि मैले कुरा गरिसकेको छु। माधव कमरेडसँग पनि कुरा गरेको छु, तपाईंलाई हामीले समर्थन गर्छाैं। हाम्रो तर्फबाट उम्मेदवारी हुँदैन। हाम्रो सम्पूर्ण शक्ति तपाईंको पक्षमा लाग्छ। तपाईं अघि बढ्नूस् भनेर भन्नुभयो। यसरी मैले गठबन्धनले समर्थन गरेको स्वतन्त्र वाम उम्मेदवारका रुपमा आज गएर आफ्नो उम्मेदवारी दर्ता गर्ने निर्णय गरेको छु।’

भुसालले आफूले चुनाव जिते पनि स्वतन्त्र नै रहने र कुनै दलको सदस्यता नलिने दाबी गरे। 

याे पनि२८ वर्षपछि पूर्व फर्किँदै घनश्याम भुसाल,दोस्रो पटक छाडे सूर्य चिह्न

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .