राजनीति


सर्लाहीमा माओवादीका आठै 'बागी'ले उम्मेदवारी फिर्ता लिएनन्

सर्लाहीमा माओवादीका आठै 'बागी'ले उम्मेदवारी फिर्ता लिएनन्

फाइल तस्बिर


नेपालखबर
असोज २६, २०७९ बुधबार १८:४८, सर्लाही

सर्लाहीमा नेकपा माओवादी केन्द्रका आठैजना 'बागी' ले उम्मेदवारी फिर्ता लिएनन्।

सर्लाहीमा संघ र प्रदेशमा गरि माओवादी का ८ जनाले बागी उम्मेदवारी दिएका छन्। 

निर्वाचन आयोगले दिएको समय सीमाभित्र माओवादीका कुनै पनि उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता नलिएका माओवादी केन्द्र सर्लाहीका इन्चार्ज अच्युतम काफ्लेले जानकारी दिए।

उनले पार्टीका आधिकारिक  उम्मेदवारविरुद्ध खडा हुने नेतालाई कार्बाही गरिने बताए। 

सर्लाही क्षेत्र नम्बर १ को 'क' मा माओवादीका रामचन्द्र कुशवाहा र 'ख' मा राजनकुमार श्रेष्ठले बागी उम्मेदवारी दिएका छन्।

त्यसैगरी सर्लाही ३ को 'क' मा माओवादी केन्द्रका जवाहरलाल कुशवाहा बागी उम्मेदवार छन्।

सर्लाही ४ को प्रतिनिधि सभा सदस्यतर्फ माओवादी केन्द्रकी मधुमाला यादवले बागी उम्मेदवारी दिएकी छन्। 

उनी माओवादी नेता शिवपुजन रायकी छोरी हुन्। उनलाई उम्मेदवारी दिन शिवपुजनले नै उचालेको आरोप गठबन्धनका अन्य नेताहरुको छ।

त्यसैगरी सर्लाही ४ 'क' मा माओवादी केन्द्रका प्रितम कुमार यादव र 'ख' मा श्रीचन यादव, महेन्द्र यादव र अनिता यादवले बागी उम्मेदवारी दिएका छन्। प्रीतम माओवादी नेता शिवपुजनकै भतिज हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad