ad ad

राजनीति


जसपाको बदला : मधेश सरकारबाट कांग्रेस र माओवादीका मन्त्री हटाइँदै

सत्ता गठबन्धनमा मन्त्रीहरुले शुक्रबार राजीनामा बुझाउने
जसपाको बदला : मधेश सरकारबाट कांग्रेस र माओवादीका मन्त्री हटाइँदै

फाइल तस्बिर


जयन्त ठाकुर
असोज २७, २०७९ बिहिबार १९:५४, जनकपुरधाम

प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय सरकारबाट जनता समाजवादीका मन्त्रीहरुलाई हटाएपछि मधेश प्रदेश सरकारबाट कांग्रेस र माओवादीसहित सत्ता गठबन्धनका मन्त्रीहरुलाई हटाउने भएको छ।

मुख्यमन्त्री लालबाबु राउतले हटाउने तयारी गरेपछि गठबन्धनका मन्त्रीहरुले सामूहिक राजीनामा बुझाउने तयारी गरेका छन्।

जसपाले चुनावी तालमेलका लागि एमालेसँग गठबन्धन गरेपछि बिहीबार नै प्रधानमन्त्री देउवाले जसपाका ४ मन्त्रीलाई बर्खास्त गरेका थिए।

संघीय सरकारबाट जसपाका मन्त्रीहरुलाई हटाइएपछि मधेस सरकारका मुख्यमन्त्री राउतले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी पार्टीका मन्त्रीहरुलाई बर्खास्त गर्ने तयारी गरेको मधेश सरकारका प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्र साहले जानकारी दिए।

यता नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका मन्त्रीहरु शुक्रबार बिहान सामूहिक राजीनामा बुझाउने तयारी गरेको उद्योग पर्यटन तथा वन मन्त्री शत्रुध्न महतोले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .