ad ad

राजनीति


चितवनमा हार्ने भएपछि प्रचण्ड गोरखा आएका होइनन् : बाबुराम भट्टराई

चितवनमा हार्ने भएपछि प्रचण्ड गोरखा आएका होइनन् : बाबुराम भट्टराई

गोरखामा गठबन्धनको भेलालाई सम्बोधनका क्रममा बाबुराम भट्टराई। तस्बिर : रासस


नेपालखबर
असोज २९, २०७९ शनिबार २१:४५, काठमाडौँ

पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले नेपाली कांग्रेससँगको सम्बन्ध चुनावी तालमेलका लागि मात्रै नभएको बताएका छन्। 

नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय गोरखामा शनिबारआयोजित वाम लोकतान्त्रिक गठबन्धन दलका जिल्लास्तरीय नेता कार्यकर्ताको संयुक्त भेला तथा प्रशिक्षण कार्यक्रममा उनले समृद्धिका लागि कांग्रेससँग सहकार्य भएको बताए।

'प्रतिगमनविरुद्ध लड्ने क्रममा त हामी सबै एक ठाउँमा आयौँ, त्यो आउनु पनि पर्थ्यो', उनले भने, 'त्योभन्दा माथिको जुन विकास र समृद्धिका कुरा गरिरहेका छौँ, त्यसमा पनि वामपन्थी र नेपाली कांग्रेसबीचको सहकार्य नभइ देशमा दिगो शान्ति हुँदैन, दिगो शान्ति नभए राष्ट्रिय एकता कायम हुँदैन र विकास समृद्धि पनि हुँदैन।'

उनले विकास समृद्धिका लागि आफूहरूले कांग्रेससँगको सहकार्यलाई दीर्घकालीन महत्व दिएको विषय भएकोसमेत उल्लेख गरे। 

'यसलाई तपाईंहरू खाली चुनावी तालमेल मात्र नभन्नु होला', उनले भने, 'कतिपयले कम्युनिष्ट समाजवादी र कांग्रेस माओवादीविपरीत धु्रव चुनावी स्वार्थका लागि आए भन्नेछ त्यो अपवित्र गठबन्धन हो भन्ने गरेका छन्, तर सबैभन्दा पवित्र गठबन्धन यही हो।'

अध्यक्ष डा भट्टराईले गोरखा क्षेत्र नं २ मा आफूले टिकट नपाउने भएर चुनाव नलडेको भन्ने कुरा गलत रहेको  बताए। उनले नेकापा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा हार्ने भएकाले गोरखा आएको भन्ने कुरा दुवै भ्रम मात्रै रहेकोसमेत बताए।

'मैले गोरखामा टिकट नपाउने भन्ने पनि होइन, मैले हस्तान्तरण गर्न चाहेको थिएँ, त्यो पूरा भएको छ”, उनले भने, 'प्रचण्डले चितवनबाट चुनाव नजित्ने भन्ने थिएन। तर इतिहास निर्माणका लागि उहाँ गोरखाबाट चुनाव लड्न आउनुभएको हो।'

'राणा शासनकाविरुद्ध लड्दादेखि राजासँग लड्दासम्म इतिहास निर्माणको थलो गोरखा थियो', उनले भने, 'अब फेरि एकपटक समृद्धिकरण मोडल पनि गोरखा बन्नसक्छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .