ad ad

राजनीति


देउवासँगको वार्तापछि बुर्लाकोटीले फिर्ता लिए स्वतन्त्र उम्मेदवारी

देउवासँगको वार्तापछि बुर्लाकोटीले फिर्ता लिए स्वतन्त्र उम्मेदवारी

नेपालखबर
असोज ३१, २०७९ सोमबार १७:४६, काठमाडौँ

चितवन क्षेत्र नम्बर १ बाट राजेन्द्र बुर्लाकोटीले नेपाली कांग्रेसबाट विद्रोह गर्दै दिएको स्वतन्त्र उम्मेदवारी फिर्ता लिएका छन्। 

कांग्रेसले प्रतिनिधिसभातर्फ टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए। मनोनयन फिर्ताका दिन पनि पछि नहटेका उनले सोमबार बालुवाटारमा सभापति शेरबहादुर देउवालाई भेटेपछि उम्मेदवारी फिर्ता लिएका हुन्। 

बुर्लाकोटीले सभापति देउवाबाट आफूलाई महत्त्वपूर्ण जिम्मेवारी दिने आश्वासन आएपछि उम्मेदवारी फिर्ता लिएको बताए। अब उनी कांग्रेसका उम्मेदवार विश्व पौडेललाई जिताउन क्रियाशील हुने भएका छन्। 

उनले आफ्नो उम्मेदवारीलाई विद्रोहको रुपमा व्याख्या गरेका थिए। 

चितवन-१ मा गठबन्धनको साझा उम्मेदवारको रुपमा कांग्रेसबाट पौडेलले टिकट लिएका थिए। 

तर कांग्रेसले पार्टीमा योगदान नगरेको व्यक्तिलाई उम्मेदवार बनाएको भन्दै बुर्लाकोटी बागी उठेका थिए। 

वि.सं. २०३७ देखि सक्रिय राजनितीमा लागेका बुर्लाकोटी यसअघि दुइ पटक उम्मेदवार भइसकेका थिए। तर दुवै पटक एमालेका सुरेन्द्र पाण्डेसँग पराजित भएका थिए। 

आफू उम्मेदवार हुँदा लोकप्रिय मत ल्याएकाले यो पटक पनि पार्टीले टिकट दिनुपर्ने उनको दाबी थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .