राजनीति


विष्णु पौडेलका प्रतिस्पर्धी केशव थापालाई गठबन्धनको समर्थन (पत्रसहित)

विष्णु पौडेलका प्रतिस्पर्धी केशव थापालाई गठबन्धनको समर्थन (पत्रसहित)

नेपालखबर
कात्तिक ९, २०७९ बुधबार १६:४३, काठमाडौँ

रुपन्देही–२ मा प्रतिनिधि सभाका उम्मेदवार केशव थापालाई पाँचदलीय गठबन्धनले समर्थन गरेको छ।

गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी खारेज भएपछि जनमुक्ति पार्टीका थापालाई सत्ता गठबन्धनले समर्थन गर्ने निर्णय गरेको हो। 

बुधबार गठबन्धन दलका शीर्ष नेताहरु नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संयुक्त विज्ञप्ति प्रकाशित गरी गठबन्धनको तर्फबाट थापालाई समर्थन गर्ने निर्णय गरिएको स्पष्ट पारेका छन्। 

प्रतिनिधि सभाका लागि रुपन्देही २ मा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका राजु गुरुङ उम्मेदवार बनेका थिए।

यो क्षेत्र एमाले उपाध्यक्ष विष्णु पौडेलले लगातार तीनपटक जितेको क्षेत्र हो। गठबन्धन भएपछि गुरुङले यो पटक पौडेललाई चुनौती दिने ठानिएको थियो।

तर उम्मेदवार मनोनयन भएलगत्तै बैंकिङ कसुरको कालोसूचीमा परेको भन्दै निर्वाचन अधिकृतको कार्यालयले गुरुङको उम्मेदवारी खारेज गरेका छ।

उम्मेदवारविहीन भएको गठबन्धनले आज थापालाई समर्थन गर्ने निर्णय गरेको हो।

रुपन्देही २ मा गठबन्धनले जनमुक्तिलाई सघाउने, विष्णु पौडेललाई दिन सक्लान् चुनौती?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .