राजनीति


समाजवादीको घोषणा पत्र : केपी ओलीलाई सुधार्न नसकेपछि नयाँ पार्टी बनायौँ

समाजवादीको घोषणा पत्र : केपी ओलीलाई सुधार्न नसकेपछि नयाँ पार्टी बनायौँ

फाइल तस्बिर


नेपालखबर
कात्तिक १४, २०७९ सोमबार १२:५८, काठमाडौँ

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले आगामी मंसिर ४ गतेको निर्वाचनका लागि सोमबार घोषणापत्र सार्वजनिक गरेको छ।

उक्त घोषणा पत्रमा पनि समाजवादीले नेकपा एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना गरेको छ। 

समाजवादीले २०७४ मा एमाले र माओवादी केन्द्र मिलेर दुईतिहाइको सरकार बनाए पनि केपी ओलीका कारण सबै योजना भताभुंग भएको जनाएको छ। 

'२०७४ मा हामी तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर चुनावी गठबन्धन बनाई आएका थियौँ। झन्डै दुईतिहाइमा विजय प्राप्त गरी केपी ओलीको नेतृत्वमा सङ्घीय सरकार निर्माण गरिएको थियो', समाजवादीले भनेको छ, 'त्यस सरकारले जनअपेक्षा र निर्वाचनका बेला जनतासमक्ष गरिएका प्रतिवद्धताअनुरूप काम नगरेको मात्र होइन, भ्रष्टाचार र कुशासनलाई प्रश्रय दिएकाले जनताको अपेक्षामाथि गम्भीर रूपमा कुठाराघात भएपछि आम जनताका मनमा केपी ओलीको दक्षिणपन्थी अवसरवादबारे मात्रै होइन, समग्र राजनीति प्रति नै वितृष्णा उत्पन्न हुन गयो।'

समाजवादीले एमाले नेतृत्वमा दक्षिणपन्थी अवसरवाद, गैरकम्युनिष्ट विचार, गलत आचरण र षड्यन्त्रकारी कार्यशैली समेत विकास भएको आरोप लगाएको छ। 'जसको कारण कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सिङ्गो कम्युनिष्ट आन्दोलनलाई नै ठूलो क्षति भयो', घोषणापत्रमा भनिएको छ, 'हामीले नेकपा (एमाले)मा व्याप्त अवसरवाद, गैरकम्युनिष्ट विचार, आचरण र कार्यशैली सुधार्नका लागि धेरै प्रयास गर्‍यौँ । एमाले नेतृत्वलाई सुधार्न र ठीक ठाउँमा ल्याउन नसकिने ठहर गरिसकेपछि हामीले विद्रोह गर्‍यौँ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad