राजनीति


विकासको नाममा कोही घरबारविहीन हुन पर्दैन : विष्णु पौडेल

विकासको नाममा कोही घरबारविहीन हुन पर्दैन : विष्णु पौडेल

फाइल तस्बिर


नेपालखबर
कात्तिक १४, २०७९ सोमबार १४:५१, काठमाडौँ

पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विकासका काममा भ्रम नछर्न आग्रह गरेका छन्। 

पूर्वाधार विकास योजनाका काममा जनतालाई भ्रममा पारेर राजनीति गर्न खोजिएको भन्दै उनले राजनीतिक स्वार्थ पूर्तिका लागि जनतालाई हरेक कुरामा आतङ्कित बनाउनु गलत भएको उल्लेख गरे ।

बुटवल–११ युद्धनगरमा आज तिनाउ–दानव करिडोरबारे छलफल गर्दै रुपन्देही क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पौडेलले स्थानीयको उचित व्यवस्थापनपछि मात्रै काम अघि बढ्ने स्पष्ट पारे । 

करिडोर निर्माणले नदी आसपासका बासिन्दा घरबारविहीन हुने भ्रम छरिएको भन्दै उनले विकासका नाममा कसैले पनि घरबारविहीन हुनु नपर्ने बताए।

एमाले उपाध्यक्ष पौडेलले तिनाउ नदी कटान रोकथाम तथा सुरक्षित बसोबासका लागि करिडोर निर्माणको काम अघि बढाइएकाले यहाँको बस्तीलाई व्यवस्थित गरी करिडोर क्षेत्रमा पर्ने घरपरिवारलाई व्यवस्थित ठाउँमा उनीहरुकै चाहनाअनुसार व्यवस्थापन गरेर मात्रै करिडोर निर्माण हुनेमा ढुक्क हुन आग्रह गरे।

कार्यकर्तासँगको छलफलमा एमाले पोलिटब्युरो सदस्य पूर्वमन्त्री तथा रुपन्देही क्षेत्र नं २ ‘१’ बाट प्रदेशसभा सदस्यका उम्मेदवार लिला गिरीले बुटवलको योजनाबद्ध विकासका लागि विगतमा आफू सरकारमा हुँदा सुरु गरेका योजनालाई पूर्णता दिन बाँकी नै रहेको उल्लेख गरे। उनले ती योजना पूरा भएमा यहाँको जनजीवनमा उल्लेख्य परिवर्तन आउने दाबी गरे। यहाँको पर्यटकीय क्षेत्रको विकास, खेलकूद क्षेत्रमा पूर्वाधार निर्माण, प्राविधिक शिक्षामा लगानीलगायतका मुद्दा आफ्नो प्राथमिकतामा रहेको उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad