नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले ईतिहास र भोलिको भविष्यलाई बोक्नसक्ने मान्छेलाई जनताले रोज्ने बताएका छन्।
नुवाकोट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा उम्मेदवार रहेका नेता केसीले आफू सक्षम रहेको, आफ्नो एजेण्डा राम्रो भएको भनेर प्रचार गर्नु स्वभाविक भएको बताए।
साथै, उनले शीर्ष नेताहरुले जित्नका लागि मात्र गठबन्धन नगरिएको दाबी गरे। ‘प्रचण्ड गोरखामा जित्न, शेरबहादुर देउवा डडेल्धुरामा जित्न वा म नुवाकोटमा जित्नका लागि मात्र गठबन्धन गरिएको होइन्।’
विदुर नगरपालिकामा रहेको ऐतिहासिक नुवाकोट दरबार परिसरमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै नेता केसीले भने, ‘विरोधीको विचार समेत सुरक्षित गर्न र लोकतन्त्र बचाउन यो गठबन्धन आवश्यक छ।’
व्यक्तिभन्दा पनि राष्ट्रको स्वाभिमान उच्च राख्न र संविधानको रक्षा गर्नका लागि गठबन्धनको आवश्यक्ता रहेको उनले बताए। विकासको गति बढाउन पनि गठबन्धन आवश्यक रहेको उनको जिकिर छ।
Shares

प्रतिक्रिया