कला


‘द भ्वाइस अफ अमेरिका’को नकआउट विजेता नेपाली मूलकी परिजिता (भिडिओ)

‘द भ्वाइस अफ अमेरिका’को नकआउट विजेता नेपाली मूलकी परिजिता (भिडिओ)

परिजिता बाँस्तोला


नेपालखबर
कात्तिक १६, २०७९ बुधबार ९:४६, काठमाडौँ

नेपाली मूलकी किशोरी परिजिता बाँस्तोला ‘द भ्वाइस अफ अमेरिका’को नकआउट विजेता बन्न सफल भएकी छन्।

आफ्नो स्वरको जादुले ब्लाइन्ड अडिसन र ब्याटल राउन्डमा दर्शकको मन जितेकी परिजिताले नकआउट चरणको सुरुवातमै जित हासिल गरेकी हुन्। 

नकआउट चरणको सुरुवातमा कोच जोन लिजेन्डले परिजितासहित भालारी हार्डिङ्स र पिटन एल्डिरिजबीच प्रतिस्पर्धा हुने बताएका थिए। तर उनैले परिजितालाई विजेता घोषणा गरिदिए। परिजिताले नकआउट चरणको यो प्रतिस्पर्धामा एट्टा जेम्सको चर्चित गीत ‘आई वुड र्‍यादर गो ब्लाइन्ड’ गाएकी थिइन्। एनको गायन शैलीले सम्पूर्ण कोच प्रभावित भएका थिए। 

नकआउट चरणको यो जितपछि कोच लिजेन्डले उनले गाएको भिडिओ ट्विट गर्दै परिजिताको प्रशंसा गरेका छन्। उनले लेखेका छन्, ‘१७ वर्ष। तपाईंहरु सबैले यो गीत सुन्नुभएको थियो? वास्तवमै अविश्वसनीय परिजिता।’ 

भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .