आगामी मंसिर ४ गतेका लागि भव्य कार्यक्रमसहित चुनावी घोषणा पत्र ल्याएको भोलिपल्ट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारहरुसँग संवाद गरेका छन्।
ओलीले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा एमालेका देशैभरका उम्मेदवारहरुसँग बुधबार अपरान्ह भर्चुअल संवाद गरेका हुन्।
जुम एपमार्फत भएको उक्त संवादमा ओलीले पार्टीको चुनावी घोषणापत्रबारे उम्मेदवारहरूलाई ब्रिफिङ गरेको बताएका छन्।
ओलीले उक्त संवादका क्रममा घोषणा पत्रका कार्यक्रम र योजनालाई मतदातासम्म पुर्याउन आग्रह गरेका छन्।
39
Shares

प्रतिक्रिया