आगामी मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बहिष्कारको घोषणा गरेका दलका नेताकार्यकर्तामाथि राज्यले धरपकड थालेको छ।
पछिल्लो पटक प्रहरीले मोरङको बेलबारीबाट विमल निरौला र महेश श्रेष्ठलाई बुधबार पक्राउ गरेर हिरासतमा लिएको छ।
पक्राउ परेका दुवैजना मोहन वैद्य र सीपी गजुरेल नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका नेताहरु हुन्। उनीहरुलाई आसन्न निर्वाचनविरुद्ध गतिविधि गरेको आरोप प्रहरीको छ।
चुनावमा साना हतियारको थ्रेट : एक वर्षमा ६५ थान बरामद, ६९ जना पक्राउ
‘संघीय जनगणतन्त्र स्थापनाको लागि संघर्षको तयारी गरौँ, आसन्न संघीय तथा प्रादेशिक निर्वाचन सशक्त बहिष्कार गरौँ’ नारा लेखिएको पोस्टर र पर्चा बाँडिरहेका उनीहरुलाई बेलबारीबाट पक्राउ गरिएको पार्टीले जनाएको छ।
पक्राउ परेका निरौला क्रान्तिकरी माओवादीका केन्द्रीय सदस्य हुन् भने श्रेष्ठ मोरङ जिल्ला इन्चार्ज रहेका खुलेको छ।
मंसिर ४ को प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनलाई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कटेल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी र आहुतिको नेतृत्वमा रहेको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले बहिष्कार गर्ने निर्णय गरेका छन्।
Shares
प्रतिक्रिया