प्रधानमन्त्री शेरबहादुर देउवाले भारत र चीन दुवैसँग सीमा समस्या रहेको बताएका छन्। दुवै देशसँगको सीमा समस्या वार्तामार्फत समाधान गरिने कुरा उनले गृहजिल्ला डडेल्धुरामा गरेका हु्न्।
डडेल्धुराको अमरगढीमा आयोजित वाम-लोकतान्त्रिक गठबन्धन चुनावी आमसभालाई बिहीबार सम्बोधन गर्दै देउवाले भारत र चीनसँगको सीमा विवाद वार्ताकामार्फत समाधान गरिने प्रतिवद्धतता जनाएका हुन्।
‘हाम्रो सानो देश छ, सबैसँग मिलेर बसेको देश हो, चीन र भारत दुवैसँग राम्रो सम्बन्ध बनाउनु पर्छ,’ उनले, ‘हाम्रो हकका लागि हामी लड्ने हो, वार्तामार्फत समाधान गर्ने हो।’
छिमेकी मुलुकसँग मित्रवत् व्यवहार गर्दै वार्ताकामार्फत सीमा समस्या समाधान गरिने देउवाले आश्वासन दिए।
‘सीमामा कतिपय समस्या छन्, लिपुलेक, लिम्पियाधुरा लडेर त फिर्ता ल्याउन सक्दैनौँ नि!,’ उनले भने,‘कालापानी, सुस्ता र हुम्ला (चीनसँग) को विवाद मित्रवत् तरिकाले वार्तामार्फत समाधान गर्नेछौँ।’
राजनैतिक नाफा, घाटाका लागि अनावश्यक रुपमा सीमाजस्तो संवेदनशील विषयलाई मुद्दा बनाउनु उचित नभएको पनि देउवाले बताएका छन्।
Shares
प्रतिक्रिया