राजनीति


टाउकाको मूल्य तोक्नेहरु मिल्दा पनि एमालेसँग एक्लै लड्ने सामर्थ्य छैन : लेखराज भट्ट

टाउकाको मूल्य तोक्नेहरु मिल्दा पनि एमालेसँग एक्लै लड्ने सामर्थ्य छैन : लेखराज भट्ट

फाइल तस्बिर


नेपालखबर
कात्तिक १८, २०७९ शुक्रबार १४:३२, कञ्चनपुर

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी इन्चार्ज लेखराज भट्टले आफूहरुको पार्टीसँग एक्लै चुनाव लड्न सामर्थ्य कसैसँग नभएको बताएका छन्।

दार्चुला सदरमुकाम खलंगामा शुक्रबार आयोजित  चुनावी आमसभालाई सम्बोधन गर्दै भट्टले एमालेसँग एक्लै चुनाव लड्न नसकेर विपक्षीले गठबन्धन गरेको टिप्पणी गरे।

‘आफ्नो बलबुतामा लड्न नसक्ने सामर्थ्य छैन, जनताको यो उपस्थितिले एमालेको जित सुनिश्चित गरिसकेको छ,’ उनले भने, ‘हिजो जसको टाउकाको मूल्य ५० लाख तोकिएको थियो, उनीहरुले नै घाँटी जोडेका छन्।’

केही गरे गठबन्धनले जिते उनीहरुले आगामी दिनमा प्रधानमन्त्रीका लागि झगडा गर्ने उनले बताए। 

‘गोरखाबाट प्रचण्डले प्रधानमन्त्री भन्दैछन्, यता गगन र शेरबहादुर देउवाले पनि प्रधानमन्त्री ताक्दैछन्,’ उनले भने, ‘यदि गठबन्धन विजयी भए झगडा हुन्छ, एमालेको बहुमत ल्याएर हामी केपी ओलीको नेतृत्वमा सरकार बनाउँछौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad