राजनीति


जसपाको घोषणापत्र : काठमाडौंको रिङरोडलाई ५ वर्षभित्र साइकल लेनसहित ८ लेनको बनाउने

जसपाको घोषणापत्र : काठमाडौंको रिङरोडलाई ५ वर्षभित्र साइकल लेनसहित ८ लेनको बनाउने

फाइल तस्बिर


नेपालखबर
कात्तिक १९, २०७९ शनिबार १४:५५, काठमाडौँ

जनता समाजवादी पार्टी (जसपा) ले शनिबार आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। जसपाले जारी गरेको घोषणापत्रमा काठमाडौंको रिङरोडलाई ५ वर्षभित्र साइकल लेन समेत व्यवस्था गरी ८ लेन बनाउने उल्लेख गरेको छ। 

‘वर्तमान पूर्व–पश्चिम लोकमार्ग लाई स्तरोन्नति गरी ४ लेन बनाउने र काठमाडौँको रिङरोडलाई ५ वर्षभित्र साईकल लेनको समेत व्यवस्था गरी ८ लेन बनाउने,’ जसपाको घोषणापत्रमा भनिएको छ, ‘निर्माणाधीन मध्य पहाडी लोकमार्ग र हुलाकी सडकलाई सम्पूर्ण रुपले निर्माण सम्पन्न गर्ने।’ 

पुष्पलाल लोकमार्ग र निर्माणकार्य सुरु भएका उत्तर दक्षिण मार्गहरूको निर्माण कार्यलाई उच्च प्राथमिकतामा राखिने जसपाले घोषणापत्रमा जनाएको छ। ‘भित्रि मधेश करिडोरको धरान हेटौँडा लोकमार्गलाई पाल्पाको रामपुरसम्म विस्तार गर्ने,’ घोषणापत्रमा भनिएको छ, ‘ताप्लेजुङदेखि दार्चुलासम्म हिमाली क्षेत्रको मूलबस्तीलाई जोड्ने गरी हिमाली लोकमार्गको सम्भाव्यता अध्ययन गर्ने। नदी किनारका उपत्यका र नजिकमा पुराना बस्तीहरूलाई आधुनिक सहरको रूपमा विकास गर्न नदीप्रणालीमा आधारित लोकमार्गहरूको निर्माण र विस्तार गर्ने र पहाडी बस्तीहरूमा केवल कारको विकास गर्ने’

राजधानीलाई तराई÷मधेशसँग जोड्ने तीव्रगतिको बाटोका सन्दर्भमा विस्थापित जनतालाई पुनस्र्थापन तथा न्यायोचित मुआब्जाको व्यवस्था गरी ५ वर्षभित्र निर्माण सम्पन्न गर्ने पनि जसपाले उल्लेख गरेका छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad