राजनीति


एमालेले स्वदेशमै रोजगारी र लगानीको वातावरण बनाउँछ : ईश्वर पोखरेल

एमालेले स्वदेशमै रोजगारी र लगानीको वातावरण बनाउँछ : ईश्वर पोखरेल

नेपालखबर
कात्तिक २०, २०७९ आइतबार १९:४९, काठमाडौँ

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विदेशमा नेपालीहरुले आर्जन गरेको सीपलाई नेपालमै लगाउने वातावरण आफूहरुले बनाउने बताएका छन्। 

प्रवासी नेपाली मञ्चको प्रथम अधिवेशनको बन्द सत्रमा आइतवार बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले देशमै रोजगारी र लगानीको वातावरण बनाउन एमालेले चाहेको बताए। 

विदेशमा रहेका नेपालीहरुले आफूसँग भएको सीप, धन र क्षमतालाई मातृभूमिको सेवामा लगाउन चाहेकाले त्यसका लागि अनुकुलको वातावरण र नीति एमालेले बनाइरहेको उनले बताए। 

एमालेले घोषणापत्रमा रोजगारी र लगानीलाई विशेष प्राथमिकता दिएको उनको भनाइ थियो।

वरिष्ठ उपाध्यक्ष पोखरेलले प्रवासी नेपाली मञ्चलाई महाधिवेशनसम्म ल्याउनका लागि निकै संघर्ष गर्नुपरेको स्मरण गरे। 

संगठन हार्दा पार्टीले हार्ने र पार्टीले हार्दा संगठन हार्ने बताउँदै उनले संगठनलाई बलियो बनाउँदा मात्रै पार्टी पनि बलियो हुने उल्लेख गरे।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .