राजनीति


कमल थापाले सरकारसँग यस्तो आग्रह त गरे तर थाहा रहेनछ विप्लवको पार्टीको नाम!

कमल थापाले सरकारसँग यस्तो आग्रह त गरे तर थाहा रहेनछ विप्लवको पार्टीको नाम!

नेपालखबर
कात्तिक २२, २०७९ मंगलबार १८:३३, काठमाडौँ

राप्रपा नेपालका अध्यक्ष एवं मकवानपुर क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार कमल थापाले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टी (नेपाल कम्युनिस्ट पार्टी) सँग ओली सरकारले गरेको सम्झौता वर्तमान गठबन्धन सरकारले कार्यान्वयन नगरेको आरोप लगाएका छन्। जसले गर्दा ऊ निर्वाचन बिथोल्ने कार्यमा लागेको दाबी उनले गरेका छन्।

त्यसैले नेपाल कम्युनिस्ट पार्टी र ओली सरकारबीच भएको सम्झौता कार्यान्वयन गरी चुनावलाई भयरहित बनाउन अध्यक्ष थापाले सरकासँग अनुरोध गरेका छन्। 

यसैबीच राप्रपा नेपालका अध्यक्ष कमल थापालाई विप्लव नेतृत्वको पार्टीको नाम थाहा नभएको पाइएको छ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तत्कालीन केपी ओली सरकारले विप्लव नेतृत्वको माओवादीलाई राष्ट्रिय राजनीतिको मूलधारमा ल्याएको थियो। तर, सरकारसँग भएको सम्झौता गठबन्धन सरकारले कार्यान्वयन नगर्दा सो दल निर्वाचन बथिोल्ने कार्यमा क्रियाशील भएको छ। त्यसर्थ सम्झौता कार्यान्वयन गरी निर्वाचन भयरहित बनाउन सरकारसँग आग्रह गर्दछु।’

मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन थापा एमालेको चुनाव चिह्न सूर्यबाट लड्दै छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad