मोरङ क्षेत्र नम्बर ३ को प्रदेशसभा (१) मा आज उम्मेदवारहरुको मनोनयन पत्र दर्ता हुँदै छ।
नेपाली कांग्रेसका उम्मेदवारको निधन भएपछि निर्वाचन आयोगले उक्त क्षेत्रका लागि बुधबार नयाँ कार्यतालिका प्रकाशित गरेको हो।
आयोगको निर्णय अनुसार कात्तिक २४ र २५ गतेको समयभित्र उम्मेदवारी मनोनयन दर्ता, दाबी विरोध तथा अन्तिम नामावली सार्वजनिक गरिने छ।
उक्त क्षेत्रमा मंसिर ४ गते नै मतदान हुनेगरी निर्वाचन कार्यक्रम तय गरिएको आयोगले बताएको छ।
उम्मेदवार थापाको विराटनगस्थित नोबेल अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।
45
Shares

प्रतिक्रिया