शोभित बस्नेत निर्देशित फिल्म ‘बद्री बहादुर’को विदेश राइट्स बिक्री भएको छ। बुधबार निर्देशक बस्नेतले पूजा तामाङलाई विदेशको सम्पूर्ण राइट्स बेचेका हुन्।
पूजा तामाङले विदेश राइट्सको लागि नगद २० लाख तिरेर सम्झौता पत्रमा हस्ताक्षर गरेकी छन्। अब विदेशमा सिनेमा प्रदर्शनको हक पूजाको हातमा हुनेछ। नेपाल बाहेकका अन्य देशमा सिनेमा प्रदर्शन गर्न चाहनेले पूजासँग सम्पर्क गर्नुपर्ने हुन्छ।
रवि अधिकारीको कार्यकारी निर्माण रहेको सिनेमाको नेपाल प्रदर्शन मिति केही दिनमा तय हुनेछ। केही दिनमा सलोन बस्नेत र पूजा शर्मा फिचर्ड गीत सार्वजनिक गर्दै निर्माण पक्ष प्रचारमा उत्रिनेछ।
रामकाजी घिमिरेको लेखन रहेको सिनेमामा जय किसन बस्नेत, छुल्ठिम गुरुङ, राजीवजंग बस्नेत, धिरेन शाक्य, एलिना गुरुङलगायतका कलाकारको अभिनय छ। एलिनाले यही सिनेमाबाट रजतपटमा डेब्यु गर्दै छिन्।
विनोद सापकोटाको छायांकन रहेको सिनेमामा टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, शिव विकको नृत्य निर्देशन, शंकर महर्जनको द्वन्द्व र बन्दे प्रसादको सम्पादन छ।
काठमाडौं, लमजुङ, धरान र संखुवासभा जिल्लामा छायांकन गरिएको सिनेमाको सहायक निर्देशकमा रामजी राउत र ज्ञानकुमार कटेल छन्।
एबी पिक्चर्स फार्म र सलोन सलीना ब्यानरमा निर्माण भएको सिनेमाका प्रस्तुतकर्ता विजय गोपाल दली हुन्। सिनेमाको निर्मातामा मिथुन भोटे छन्।
Shares

प्रतिक्रिया