राजनीति


चिनियाँ संस्कृति उपमन्त्री आउँदै, सम्पदा अवलोकन गर्ने

चिनियाँ संस्कृति उपमन्त्री आउँदै, सम्पदा अवलोकन गर्ने

नेपालखबर
कात्तिक २५, २०७९ शुक्रबार १७:३४, काठमाडौँ

चिनियाँ संस्कृति उपमन्त्री लि छुन आज नेपाल भ्रमणमा आउँदै छन्। 

छुन सांस्कृतिक सम्पदासम्बन्धी मामिला हेर्ने उच्च चिनियाँ अधिकारी हुन्। 

नेपाल भ्रमणका क्रममा उनले भूकम्पपछि चिनियाँ सहयोगमा बनिरहेका सांस्कृतिक सम्पदाको अवलोकन गर्ने कार्यक्रम छ। 

उनले हनुमानढोका दरबारलगायत सम्पदा भ्रमण गर्ने पर्यटन मन्त्रालयका एक अधिकारीले बताए। 

चुनाव मुखैमा रहेकाले अहिले भ्रमणका लागि उपयुक्त बेला नरहेकाले भ्रमण तत्काललाई सार्न ठीक हुने सुझाव नेपाली पक्षले चिनियाँ पक्षलाई दिएको थियो। तर चिनियाँ पक्षले सांस्कृतिक सम्पदाको अवलोकनका लागि मात्रै भ्रमण हुन लागेकाले निर्धारित मितिमै भ्रमण हुने बताएको थियो। 

त्यहीअनुसार चिनियाँ उपमन्त्री यहाँ आउने भएका हुन्। चुनावको मुखमा चिनियाँ अधिकारीको भ्रमण हुनुलाई कतिपयले राजनीतिक अर्थ रहेको समेत बताएका छन्। 

तर जानकार अधिकारीहरु यो भ्रमणको राजनीतिक अर्थ नरहेको बताउँछन्। 

‘भ्रमणलाई राजनीतिक रुपमा हेर्नु उपयुक्त हुंदैन। उनीहरु यहाँ रहंदा कुनै राजनीतिक भेटघाट गर्ने कार्यक्रम छैन’ भ्रमणबारे जानकार परराष्ट्रका एक अधिकारीले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .